Wednesday, June 3News That Matters

सिकार खेल्न गएका २ जना भरुवा बन्दुक सहित पक्राउ

पूर्णपुष्टि, चैत २
सुनसरीको नगरपालिका–५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन ।

हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।