
पूर्णपुष्टि, भदौ १९
सुनसरीमा सिटी सफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका–७ भलुवाका स्थानीय महेन्द्र पासवानको ५ बर्षीया छोरी आषिका कुमारी ऋषिदेव रहेकी छिन् ।
भलुवा चोकमा शनिवार बाटो क्रस गर्दै गरेकी बालिकालाई दक्षिणबाट उतर तर्फ जादै गरेको प्र०१–०२००२ ह ८४९८ नम्बरको सिटि सफारीले ठक्कर दिंदा घाईते भएकी थिईन । बालिकालाई उपचारको लागी बिराटनर्सिंङ होम बिराटनगरमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
