Monday, April 20News That Matters

सिद्धिचरण र सगरमाथा राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने

पूर्णपुष्टि/उदयपुर, असोज २० ।
उदयपुरमा पर्ने दुई राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने भएको छ । कटारी–घुर्मीको सिद्धिचरण राजमार्ग र गाईघाट–दिक्तेलको सगरमाथा राजमार्ग विग्रेको र भत्केको मर्मत कार्य आज धमाधभ भइरहेकोले भोलीदेखि सञ्चालन हुनसक्ने भएको हो ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार ती राजमार्गहरुको मर्मत र सफाइ कार्य धमाधम भइरहेको छ । सिद्धिचरण राजमार्गको चार÷पाँच ठाउँमा सडक भत्किएर र पुरिएर सडक अवरुद्ध छ भने सगरमाथा राजमार्गको अँधेरी लगायतका केही ठाउँमा सडक भत्किएर र पुरिएर अवरुद्ध छ ।
दुबै राजमार्गमा सडल सञ्चालन छिटो गर्ने उद्देश्यले काम भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले ती दुबै राजमार्गमा क्षती पुगेको हो ।
सडक अवरुद्धसंगै सबै सवारी साधनहरु ठप्प छन् । यात्रुहरु अलपत्र परेका छन् । दशैंको मुखमा भएको भारी वर्षा र सडक अवरुद्धले जनजीवन थप कष्टकर र प्रभावित बन्न पुगेको छ । आजबाट मौसम पूर्णरुपले खुलेकोले सडक मर्मत र सफाईमा सजिलो भएको बताइएको छ ।
मैनामैनी–भोजपुर सडक खुल्न केही समय लाग्ने
यसैबीच उदयपुरको मैनामैनी हुँदै भोजपुर जाने सडकमा सबैभन्दा बढि क्षती पुगेको छ । प्रजिअ लुइटेलका अनुसार उक्त सडकमा सबैभन्दा बढि क्षती पुगेको हो । विभिन्न ठाउँमा भत्किएकाले मर्मत र सम्भारमा समय लाग्ने भएको छ ।
मर्मतमा समय लाग्ने भएपछि सडक सञ्चालनका लािग केही समय लाग्ने भएको हो । दशैंको मुखमा सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका मानिस प्रभावित बनेका छन् ।