Saturday, May 16News That Matters

सिपविकास तालिम सम्पन्न

उदयपुर, साउन २८ गते ।

उदयपुरमा ४५ दिने काष्ठ फर्निचर तालिम सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले आयोजना तालिम सोमबार सम्पन्न भएको छ ।

स्थानीय युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महासंघले रौतामाई गाउँपालिका र लघु घरेलु तथा साना उद्योग बिकास कोष काठमाण्डौँको सहयोगमा रौतामाई गाउँपालिकाको वडानं ७ मुर्कुची बजारमा कार्यक्रम आयोजना गरेको हो ।

गाउँपालिकाका युवालाई लक्षित गरी आयोजना गरिएको तालिममा १० जनाको सहभागिता रहेको महासंघका अध्यक्ष मधुकर थापाले बताए । उनले शिप नभएर बेरोजगार बसेका र विदेशी भुमिमा जीवन विताईरहेका युवालाई स्वदेशमै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले तालिमको आयोजना गरिएको बताए ।

‘मेहनत, सृजना, उत्पादत र वस्तु मेरै नेपालको उद्योग गरौ उद्यमी बनौ उठाऔँ नेपालÕ भन्ने मुलनाराकासाथ आयोजित तालिमका सहभागिहरुलाई ४५ दिनमा टिटेवल, कुर्सी, खाट, झ्यालको पल्ला, आराम चेयर, डाईनिङ्ग टेवल, सादा पलङ्ग बनाउन सिकाइएको प्रशिक्षक दिपेन्द्र पोखरेलले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले जिवीकोपार्जनको मेरुदण्ड भनेकै सिपविकास भएको हुँदा आफुले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

उनले सिपको अभाव कतिपय युवाहरु वेरोजगार र विदेशमा पनि कामै नपाई फर्कनु परेको उदाहरण दिँदै स्वरोजगारको भरपर्दो माध्यम सिप नै भएकाले आम युवालाई सिपविकासमा गोलबन्द हुन आब्हन गरे । प्रमुख परियारले उद्योग सञ्चालनका लागि लगानी सुरक्षाको ग्यारेण्टि गर्न वर्तमान सरकारी अगाडी बढेको हुँदा बिरोधभन्दा पनि सरकारको लक्ष्यलाई सघाउ पुर्याईदिन आग्रह गरे ।

कार्यक्रममा रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ज्युठकुरीले स्वरोजगार सृजना गर्ने गरी युवाहरुको सिपविकास तालिममा लगानी गर्ने तयारी गरेको बताईन् । उनले युवाको अबश्था, आबश्यकता र अनुकुलता हेरी इच्छाअनुसार सिपविकास तालिमको आयोजना गरिने बताइन् ।

घरेलु तथा साना उद्योग बिकास समितिका निर्देशक शम्भुप्रसाद साहले ४५ दिनको आधारभूत तालिम नै पर्याप्त नहुने हुनाले उत्पादित जनशत्तिलाई थप दक्ष बनाउन समिति तयार रहेको बताए । उनले अल्पज्ञानभन्दा पनि पुर्णज्ञानतर्फ केन्द्रित हुने गरी योजना तयार गरिएको बताए ।

नेपाल घरेलु तथा सान उद्योग महासंघ प्रदेशनम्बर १ का वरिष्ठ उपाध्यक्ष भरतबहादुर थापाले सिपले परिवार पालनपोषण र शिक्षा दिक्षा दिनका लागि सघाउ पुर्याउने भएको हुँदा सिपलाई अभ्यासमा परिणत गर्न आाग्रह गरे ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले सिकेको सिपलाई व्यहारमा परिणत गर्न सकेमात्र आएका रोजगारी, अवसरलाई सामना गर्न सकिने बतााए । कार्यक्रममा वडाध्यक्ष उत्तरकुमार मगर लगायतले बोलेका थिए । त्यसैगरी तालिम अवधिभर प्रयोग भएका औजारहरिु सम्बन्धि सहभगिहरुलाई निशुल्क बाँडिएको थियो ।