
जनकपुर, साउन २८ गते ।
महोत्तरीको जनकपुरमा एक जनप्रतितिधिको छोरा घुस सहित पक्राउ परेको छ । जनकपुरधाम उपमहानगरपालिका – ९ पिडारी चोकबाट मुकेश साह घुससहति पक्राउ परेको हो ।
मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।
सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममाम वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए । पक्राउ परेका मुकेश भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा हुन् ।
पक्राउ परेकालाई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
