Saturday, May 16News That Matters

अमेरीकाको सियटलमा भुकम्प जानेगरी टेलर स्वीफ्टको कन्सर्ट

पूर्णपुष्टि, १४ साउन ।

विश्व प्रख्यात गायीका टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सियाटल सहरमा सानो भूकम्प नै गएको खुलेको छ । भूगर्भविद् ज्याकी काप्लान–औरब्याचका अनुसार कन्सर्ट दौरानको क्रममा २.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

गत जुलाई २२ र २३ मा एरास टूरको दौरान लुमेन फिल्डमा आयोजित कन्सर्टका दौरान यो तथ्यांक रेकर्ड गरिएको थियो । स्वीफ्टले करिब १ लाख ४४ हजार फ्यानका अगाडि प्रस्तुति दिएकी थिइन् ।
भुकम्पका कारण स्वीफ्टको साउन्ड सिस्टम वा दर्शकहरुको कारणले गएको हुनसक्ने उनले बताइन् । स्वीफ्टको कन्सर्टले यसअघि सियाटल सीहक र न्यु ओर्लियन्सबीचको खेलमा अमेरिकन फुटबल फ्यानहरुले सिर्जना गरेको भूकम्पको रेकर्ड पनि तोडेका छन् । त्यतिबेला मार्सन लिन्चले टचडाउन गर्दा समर्थकहरु उर्फेर २ म्याग्निच्युडको भूकम्प सिर्जना गरेका थिए ।

सांगीतिक कन्सर्टहरुमा यसअघि पनि भूकम्प सिर्जना हुने गरेका छन् । सन् २०११ मा फू फाइटरले न्यूजिल्याण्डमा कन्सर्ट गर्दा यस्तै सानो भूकम्प गएको थियो ।