Monday, July 6News That Matters

सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो

पूर्णपुष्टि, साउन १७

सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्याक्टर पल्टिँदा एक युवकको ज्यान गएको हो । नम्बर मेटिसकेका ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको ज्यान गएको प्रहरीले जनाएको छ । यादव ट्याक्टर मजदुरको रुपमा काम गर्ने रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टरका चालक र ट्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।