सिरहामा दुई दिन निषेधाज्ञा जारी

पूर्णपुष्टि, पुष १३
सिरहामा जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दुई दिनको लागि निषेधाज्ञा जारी गरिएको हो ।
बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिन पुष १३ र १४ गते निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज –पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कबारीले सूचना जारी गर्दै बताएका छन् ।
तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
यो आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ ।
जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित जिल्लामा बन्द हडताल गरेका छन् । सो क्रममा गाडीहरूमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0