
पूर्णपुटि, बैशाख ११ । सिराहामा लागुऔषध सहित उदयपृुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ सगरमाथा टोल बस्ने २० बर्षीय साइल राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईलाई दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढीमा प्रहरी चौकी ठाढीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट नौ पत्ता (७२ एम्पुल) एसिटमिनोफर्म, दुई–दुई एम्पुल डाइजिपाम, बुप्रेनर्फिन र प्रोमेथाइजिन हाइड्रोक्लोराइड बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
