
पूर्णपुष्टि, असार ३०
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा पहिरोमा परि हराएका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
गत शनिबार राती आएको पहिरोले ९ घर बगाउँदा हराइरहेका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।
पहिरो खसेपछि सिलिचोङ–१ बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जनाभन्दा धेरैलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ ।
यसैबीच उद्धार र राहतको लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत विशिष्ट व्यक्ति सेनाको हेलिकप्टर लिएर प्रभावित ठाउँमा गए पनि बाक्लो हुस्सु र कुहिरोका कारण अवतरण गर्न समस्या भएपछि खाँदबारीको तुम्लिङटार बसेको छ । मन्त्री राईसहितको टोली आज प्रभावित ठाउँमा जाने तयारी भएको जनाईएको छ । 
