Wednesday, July 1News That Matters

कोरोनाका गम्भीर बिरामीको संख्या घट्दै

पूर्णपुष्टि, असार ३०

विश्वको विभिन्न देशमा कोरोना सङ्क्रमणको गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै गएको छ । केही दिन अघिसम्म कुल बिरामीको २ प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्ने गरेकामा अहिले घटेर १ प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ ।

अहिले विश्वभर १ करोड ३२ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । उक्तसंख्या मध्ये ४९ लाख ९३ हजारभन्दा धेरैको उपचार चलिरहेकोमा १ प्रतिशत अर्थात ५८ हजार ८ सय ८१ जनाको अवस्था जटिल रहेको छ भने बाँकी ९९ प्रतिशत अर्थात ४९ लाख ४ हजारभन्दा धेरैको अवस्था भने सामान्य रहेको जनाएको छ ।

त्यस्तै कोरोना संक्रमित मध्ये ७६ लाख ९६ हजारभन्दा धेरै उपचार पछि निको भएका छन् भने ५ लाख ७५ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३४ लाख ७९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख ३८ हजार जनाको मृत्यु भईसकेको छ । १५ लाख ४९ हजारभन्दा धेरै निको भएको जनाईएको छ ।

त्यस्तै ब्राजिलमा साढे १८ लाखमा सङ्क्रमण पुष्टि हुँदा साढे ७२ हजारको मृत्यु भईसकेको छ । त्यस्तै भारतमा ९ लाख जनामा सङ्क्रमण पुष्टि हुदा साढे २३ हजार भन्दा धेरैको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा २८ हजार नयाँ बिरामी थपिएका छन् भने ५ सय ४० जनाको मृत्यु भएको छ ।