Sunday, May 3News That Matters

सिसि क्यामेरा गायव बनाएर बेलकाको दुई सहकारीमा चोरी

पूर्णपुष्टि, ११ माघ ।
उदयपुरको बेलका नगरपालिकामा बुधबार राती दुई सहकारी संस्थामा चोरी भएको छ । नगपालिकाको वडा नं ९ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लि. र सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको हो। चोरीको क्रममा सिसि क्यामेरा समेत निकालेर लगेको पाईएको छ ।

कर्मचारी दिपन पाण्डेका अनुसार पैसा सँगै सिसि टिभी पनि निकालेर लगेको हो। महिला साना किसानबाट ९ हजार चोरी गरिएपनि यता सहयोगी ऋण सहकारी संस्थाबाट भने चोरी गर्न नपाएको बताईएको छ । महिला साना किसान कृषि सहकारी संस्था लि. मा मुल चेनगेटको चाबी साथै ढोकाको चाबी फुटाएर आर्थिक कारोबार गर्ने ठाँउ काउन्टरमा प्रवेश गरि र्याकहरु फुटाएर त्यहाँ भएको करिब रकम चोरी भएको सहकारीका प्रबन्धक शान्ता कुमारी अधिकारीले बताईन् ।

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको भवनको दक्षिण तर्फ म्यानेजरको कार्यकक्षको झ्याल फुटाएर गृल निकाली भित्र प्रवेश गरि नगद खोजतलास गरेको पाइएको छ। व्यवस्थापक तेज खड्काका अनुसार सिसि टिभि फुटेजको हार्ड डिस्क निकालेर लगेको छ। त्यहाँ नगद केही नराखिएकोले नगद चोरी नभएको र सबै सामानहरु सुरक्षित रहेको खड्काले बताएको छ। सबै कारोबारहरु निरन्तर संचालन भइरहेको जानकारी गराउदै शेयर सदस्य तथा बचतकर्ताहरुलाई ढुक्क रहन, नआत्तिन अध्यक्ष गणेश बस्नेतले अनुरोध गरेको छ ।