
पूर्णपुष्टि, जेष्ठ ८
काठमाण्डौँमा जारी सी डिभिज लिगको शनिवार भएको खेलमा उदयपुरका खेलाडी सुदिप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै आयोकजले म्यान अफ दि म्यच घोषणा गरेको हो । श्रेष्ठ हाल भैरहेको काठमाण्डौँमा जारी सी डिभिजन खेलका लागि प्लानिङ ब्वाईज क्लवमा अनुवन्धित भई खेलिरहेका छ ।
शनिवार खलबारी क्लव सँग भएको प्रतिस्पर्धामा प्लानिङ व्वाईजले ३÷१ को अग्रता पाएका थिए । खालवारीका लागि ब्वाईज प्लानिङको तर्फबाट अर्जुन मगरले २ गोल र फागुराम चौधरीले १ गोल गरी ३ गोल गरेका थिए । उक्त खेलमा सुदिपको राम्रो प्रदर्शन रह्यो । सो खेलमा १४ टिम सहभागी रहेको छ । भने प्लानिङ व्वाईज तेस्रो स्थानमा रहेको छ । ९ खेल खेलिसकेको यस क्लवले बाँकी ४ खेल खेल्न बाँकी छ । म्यान अफ दी म्याच घोषित श्रेष्ठलाई रु ५ हजार सहित ट्रफि प्रदान गरिएको छ ।
