
पूर्णपुष्टि, जेठ २८ गते ।
आज सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकामा २२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या १ सय ६४ पुगेको छ । अहिले सम्म कैलालीका ६०, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।
