
पूर्णपुष्टि/उदयपुर, असोज २१ ।
उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने सुनकोशीमा एक पुरुषको शब देखा परेको छ । माछा मार्ने क्रममा स्थानीयहरुले कोशीमा एक पुरुषको शब देखेको र प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार रौतामाई गाउँपालिकाको वडा नं. ३ बिमिरे गाउँमुनी कोशीमा शब देखिएको हो । शब अप्ठेरो ठाउँमा अल्झिरहेको छ ।
शब देखिएको स्थान जिल्ला सदरमुकामदेखि निकै टाढा रहेकोले आज प्रहरी पुग्न सक्ने अवस्था छैन । भोली विहानै प्रहरी खटिएर जाने भएको छ । राती कोशीमा थप बाढी आएमा भने बगाउन सक्ने अबस्था छ । उक्त शब बाढी पहिरोमा परि कतैबाट बग्दै आएर त्यहाँ अल्झिएको हुनसक्ने स्थानीयको अनुमान छ ।
