Sunday, May 10News That Matters

लिम्चुङ्बुङको सुनकोसी लिफ्टिङ खानेपानी आयोजनामा ४ करोड ९० लाख बिनियोजन

मिलन परियार , 
लिम्चुङ्बुङ  २८ गते 

पानीको हाहाकार र ठुलो समस्याको रुपमा परिचित उदयपुरको लिम्चुङ गाउँपालिकामा संघिय सरकारले खानेपानीका लागि आर्थिक बर्ष २०७७/०७८ बाट ४ करोड ९० लाख बजेट बिनियोजित गरेको छ ।

सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाका लागि संघिय सांमसद सुरेश कुमार राईको बिषेश पहलमा बजेट विनियोजन भएको हो । नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयले  संघीय सरकारको रातो किताब  मा ०७७/०७८ मा काम सम्पन्न हुने गरि ४ करोड ९० लाख बिनियोजन गरेको हो ।

लिम्चुङ्बुङ गाउँपालिकाभरी नै खानेपानीको हाहाकार हुने समस्या भएपछि  खोटाङ र उदयपुरको बिच भएर बग्ने सुनकोसी नदि बाट गाउँपालिकाका ५ वटै वडामा  खानेपानी पुराउने गरि गत बर्ष नै बहुबर्शिय योजनामा समाबेश भएर डिपिआर  समेत गरिसकेको  लिम्चुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।

राईका अनुसार ५ वटै वडामा पाईप लाईन बिस्तारका लागि जाँते बाराहा बास्बोटे बलम्ता ताम्लिछा  र महत्वकाक्षी आयोजना एभरेस्ट भ्युटप सम्म सर्भे भैसकेको जनाउनुभयो । उहाँले यस लिफ्टिङ खानेपानी आयोजना लाई  पारदर्शी ढंग बाट समयमै सम्पन्न गराउने समेत बताउनुभएको छ ।  लिफ्टिङ खानेपानी आयोजना बाट  २ हजार ५ सय  घर धुरी  लाभान्वित हुने पालिकाले बताएको छ ।