
पूर्णपुष्टि, जेठ २८ गते ।
चीनले आफ्ना नागरिकलाई अस्ट्रेलिया अध्ययन गर्न जाने निर्णय गर्नु अघि सतर्क हुन आग्रह गरेको छ । अस्ट्रेलियाका विश्वविद्यालयहरू जुलाईमा फेरि खोल्नु अघि त्यहाँ भएको जोखिमलाई ध्यान दिन चीनको शिक्षा मन्त्रालयले चेतावनी दिएको छ ।
कोरोनाको खतरा र अस्ट्रेलियामा एसियालीविरुद्ध देखिएको भेदभावलाई सम्भावित जोखिमको रूपमा देखाउँदै तत्कालै पढ्नको लागि नजान चीनको शिक्षा मन्त्रालयले भनेको हो ।
अहिले पनि कोरोनाको प्रभावलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएकोले अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा जोखिम रहेको भन्दै अब त्यहाँ पढ्न जाने वा नजानेबारे गम्भीर छलफल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो । अहिले चीन र अस्ट्रेलिबीच राजनीतिक सङ्घर्ष पनि बढिरहेको छ । अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिको बारेमा स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेदेखि चीन र अस्ट्रेलियाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।
