
पूर्णपुष्टि, जेठ २८ गते ।
अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ । आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ सय ४५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नवलपरासीको देबचुली नगरपालिकाका ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी पालिकाको क्वरेण्टीनमा बस्दै आएको जनाएको छ ।
उक्त संक्रमित मध्ये ३ जना संक्रमित उचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

