सुनको भाउ ओरालो

मंसिर २२ गते । 

आज सुन चाँदीको भाउ घटेको छ । आइतबार सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो ।

सुन घटेर अहिले तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँले कारोबार भैरहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0