
पूर्णपुष्टि,माघ ११
सुनको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ शुक्रबारको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको छ ।
