
पूर्णपुष्टि, फागुन १३
आज सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ ।
सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
आज तोलामा चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
