Saturday, June 27News That Matters

२५ लाख ३५ हजारसहित २ जना भारतीय पक्राउ

पूर्णपुष्टि, फागुन १३

बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् ।

फागुन १२ गते बिहान साढे ११ बजे कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका– ८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्त परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बीआर०५के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १ हजार सात सय ७२ थान अर्थात १७ लाख ७२ हजार र ५ सय रुपैयाँ दरका १ हजार ५ सय २६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।