
पुस २२ गते ।
आज सुनको भाउ घटेको छ । मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो ।
सुनको भाउ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै मङ्गलबार चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
