
पुस २२ गते ।
इटालियन सिरी ए फुटबलमा युभेन्टसले काग्लियारीलाई पछि पार्दै जित हात पारेको छ । प्रतियोगीतामा युभेन्टसले काग्लियारीलाइ ४–० गोल अन्तरले पछि पार्दै जित हात पारेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गीएको थियो । ४९औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
युभेन्टसले पेनाल्टी गोलमा परिणत गरेका थिए । ६७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ८१औँ मिनेटमा गोन्जालो हिग्युनले तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
जितसँगै युभेन्टस ४५ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
