Sunday, June 7News That Matters

छाउगोठ भत्काउने अभियान सुरु

पुस २२ गते । 

कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि सरकारले छाउ गाृठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी समेतको सहकार्यमा भत्काउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।

छाउपडी प्रथालाई मान्नेहरुलाई राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा) रोक्का गर्ने र आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ ।

सुर्खेतका एक हजार आठ सय छाउगोठ आगामी तीन दिनभित्र भत्काउने गरिसक्ने अभियान चलाएको गृह मन्त्रालयले जनाएको छ । छाउ गोठकै कारणले वर्षेनी महिलाहरुको ज्यान जाने गरेको छ ।