Sunday, June 7News That Matters

एकै परिवारका ३ जना अपाङ्ग

आशिष बस्नेत 
कटारी/पुस २१ ग्ते  

कटारी नगरपालिका–२ कल्यानपुरका एक अपाङ्ग परिवारलाई सहयोग गरेको छ । चार परिवार मध्ये तीन जना अपाङ्ग भएका गीता कार्कीलाई स्थानीय युवाहरुले सहयोग गरेको हो ।

श्रीमान वितेपछि अपाङ्ग छोरा छोरी पालेर बस्दै आएका गरिब परिवाका कार्कीलाई खाद्य वस्तु लगायका सहयोग गरेको सुरेश धमलाले बताए । स्थानीय युवाहरुको शक्रियतामा विपन्न तथा अपाङ्ग परिवारलाई खाद्य वस्तु र न्यानो कपडा वितरण गरेको उनले बताए ।

श्रीमान मरेको वर्षौँ वितिसक्दा पनि आफुले एकल महिलाले राज्यबाट पाउने सेवा सुविधा र अपाङ्ग जेठो छोराले अपाङ्गको कुनै पनि सेवा सुविधा नपाएको कार्कीले बर्ताइन् । माईलो छोराले र आफुले ज्याला मजदुरी गरेर घर परिवार चलाउदै आएको उनले बताईन् ।