
पूर्णपुष्टि, पुष १
आज सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँ तोकिएको छ ।
तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँ बढेको छ । हिजो १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ३० रुपैयाँ कायम भएको छ ।
