Tuesday, June 9News That Matters

सडक दुर्घटना न्युनिकरणका लागि बेलकामा ट्राफिक सचेतना कार्यक्रम सुरु

पूर्णपुष्टि,पुष १

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बेलका नगरपालिका सडक दुर्घटनाको निकै जोखिमपूर्ण ठाउँ हो । यहाँ बेला बेलामा सडक दुर्घटनाका खबरहरु प्राय सुन्नमा आईरहन्छ । दुर्घटना न्युनिकरणका लागि बेलका नगरपालिकामा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम बुधबारबाट सुरु गरिएको छ ।

बेलका नगरपालिका–८ स्थित सडक शुसासन र दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको हो ।

सामुदायीक प्रहरी साझेदारी तथा ट्राफिक प्रहरीको आयोजना र बेलका नगरको समन्वयमा बुधबारबाट ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको हो ।

मदन भण्डारी राजमार्गमा हुने गरेको सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले कोठु र सोमबारेमा जनचेतनामूलक सन्देश सहितको फलामे ब्यारिकेड राखेर कार्यक्रम शुरु गरीएको हो ।

बेलका नगरपालिकाको पश्चिम् नाका आम्बासी देखि पुर्वको सिमाना कोशिपुल सम्म सडक मापदण्ड पुर्याएर दुर्घटना सम्भाबित क्षेत्रमा विभिन्न सचेतनामुलक ब्यानर, पम्पलेट, ब्यारिकेड, ट्राफिक नियम सम्बन्धी सचेतना बोर्ड राख्ने काम भैरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।