Tuesday, June 9News That Matters

प्रतिवन्धित लागुऔषाध ब्राउन सुगर सहित उदयपुरका ५ जना पक्राउ

पूणर्पुष्टि, पुष २

उदयपुरमा ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका २ लुहाले खोलाबाट ३ ग्राम ब्राउन सुगर सहित उनिहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमाहरुमा त्रियुगा नगरपालिका वडा न.२ बस्ने वर्ष ३१ का रेवत कुमार खाती, वडा न. ३ बस्ने वर्ष ३४ को रोहित कुमार चौधरी, सोहि ठाउँका बर्ष ३३ को जगसन राई, ३८ बर्षको पर्वत दाहाल र  त्रियुगा नगरपालिका ४ वस्ने वर्ष ३२ को देवेन्द्र मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनिहरुलाई लागुऔषाध नियन्त्रण अभियान अन्तर्गत फत्तेपुर गाइघाट सडक किनारमा अवैध लागु औषध ब्राउन सुगरको कारोबार तथा बिक्रि वितरण गर्दै गरेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटीएको बिशेष टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले जानकारी दिनुभयो ।

पक्राउ परेका ५ जनालाई आवश्यक कार्वाहीका लागि प्रहरीले थप अनुसन्धान गरिरहेका एसपी दाहालले बताउनुभयो ।