
पूणर्पुष्टि, पुष २
लाहान बाट गाईघाट तर्फ ल्याउँदै गरेको २ लाख बढीको राजश्व छलीको सामान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
लालपत्ता प्रहरीले गाडी चेँक जाँजको क्रममा ग्याँस चुला, कुकर लगाएत बिभिन्न राजश्व छलिको अबैध सामान बरामद गरेको हो ।
सामान सहित ना १ क ३७६३ नम्वरको मिनि ट्रक चालक र सामान ल्याउने साउ पक्राउ परेको छ । सिराहा जिल्ला मिर्चैयाँ नगरपालिका वडा नं २ का बर्ष ३१ का अर्जुन श्रेष्ठ चालक र सामान भित्र्याउने सोहि नगरपालिका १ कर्जनाका बर्ष २४ का रविन दाहाललाई समेत प्रहरीले नियन्त्रणमा लिएका छन् ।
उनिहरुको साथ बाट २ लाख ४७ हजार ४ सय ९४ रुपयाँ बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सुचना अधिारी बेद प्रसाद गौतमले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागि अनुसन्धान गरी सामान सहित करदाता सेवा कार्यलय गाईघाटमा पठाईएको डिएसपी गौतमले जानकारी दिनुभयो । अबैध सामान चोरी निकासी अभियान अन्तर्गत प्रहरीको बिषेश तैनाथीमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
