
पूणर्पुष्टि, पुष २
खोटाङ ट्याक्टर दुर्घटनामा परी लिम्चुङबुङ गाउँपालिका वालाम्ताको सहचालक किरण राईको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजे खोटाङको खोटेहाङ ६ सिम्पानी रोक्सिङ सहायक सडक खण्डमा सु.प.प्र.०१-००२ त ४२९८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा ट्रयाक्टरका सहचालक १८ बर्षिय राईको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ट्याक्टर चालक १९ बर्षिय टुजन राईको भने हाल गाईघाटमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
