
पूर्णपुटि, पुष २
आज सुनको भाउ बढेको छ । बुधबार सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । बुधबार चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कोरोबार भएको थियो । आज चाँदीको भाउ २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
