Saturday, May 16News That Matters

उखु किसानको प्रदर्शनमा चर्चित लोक गायक बद्रि पंगेनीको एकबद्धता

पूणर्पुष्टि, पुष २

चिनि मिल बाट भुक्तानी नपाएको भन्दै यतिवेला उखु किसानहरु माईतीघरमा बिरोध प्रदर्शनमा उत्रिरहेका छन् । १८ गते बाट उखु किसान संघर्ष समितिले सरकार सँग आफ्नो मागका साथ विरोध गर्दै आएका छन् । बिहिबार पनि हलो र जुवा सहित किसानले विरोध प्रदर्शन जारी राखेका छन् ।

किसान मार्न पाईन्दैन भन्दै बरिष्ट तथा चर्चित लोक गायक बद्रि पंगेनी पनि विरोधमा सहभागी भएका छन् । उनले किसानको उखु मालिकले लगेर चिनी बनाएर बच्यो तर किसानको पसिना कस्ले घिच्यो भन्दै प्रदर्शनमा किसानहरुलाई साथ दिएका छन् । किसानको सम्मान र कृषि प्रधान देश हो भने किसानलाई यस्तो दुख दिन नपाईने उनले भनेका छन् ।

पंगेनी गित मार्फत किसान मार्न पाइन्दैन यस्तो नियम चाँदैन भन्दै किसान सँगै प्रदर्शनमा सहभागी भएका छन् ।

उनले जति पनि प्रदर्शनमा उत्रिरहनु भएका सम्पूणर् उखु किसान दाजुभाई दिदिवहिनीरुलाई सम्बोधन गर्दै किसानको माग समक्ष अन्यायका निम्ति बिरोधमा साझा समर्थन एकबद्धता रहेको जनाए ।

त्यसैगरी प्रदर्शनमा एकबद्धता जनाउने अन्य सहभागीहरुले राज्य किसान प्रति कत्ति पनि उत्तरदायी नभएको बताएका छन् । हरेक बर्ष किसानलाई यसरी सडकमा उभाउने सरकार किसान प्रति कत्ति पनि चिन्तित नरहेको उनिहरुले बताए ।

सहभागीहरुले यो राज्यको ठुलो गैर जिम्मेवारी रहेको बताए । किसान सडकमा उत्रने स्थिति बनाउने सरकार किसान, मजदुर, नागरिकहरु प्रति पूणर् गैर जिम्मेवार बन्न गई असफल सरकारको नतिजा दिएको बताए ।

किसानहरुले सरकार सँग आफ्नो ठुलो माग नरहेको बताएका छन् । आफ्नो उत्पादनको मुल्य पाउन सडकमा प्रदर्शन गर्नु पर्ने अवस्था कतिको जायज हो किसानले सरकारलाई प्रश्न गरेका छन् ।

उनिहरुले सरकारलाई सोधेका छन् । तपाईहरु सँग हाम्रो केनै माग छ र जस्कारण हामि सडकमा आफ्नो उत्पादनको मुल्यको लागि लड्नु पर्ने हो ?