
पूर्णपुष्टि, चैत २३ गते ।
सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित पक्राउ हो ।
तामाङले काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।
