Monday, April 20News That Matters

सुनचाँदी व्यवसायी संघ उदयपुरद्धारा प्रजिअ जोशीलाई स्वागत

गाईघाट÷पूर्णपुष्टि, कार्तिक २६ । सुनचाँदी व्यवसायी संघ उदयपुरले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी (सिडियो) धर्मराज जोशीलाई जिल्लामा स्वागत गरेको छ । बुधबार संघको सभाहलमा आयोजित स्वागत तथा अन्तक्रिया कार्यक्रममा प्रजिअ जोशीलाई स्वागत गरिएको हो ।

सुनचाँदी व्यवसायी संघ उदयपुरका अध्यक्ष काशीनाथ साह (सोनी) ले प्रजिअ जोशीलाई स्वागत गर्दै सुनचाँदी व्यवसायीहरुलाई अरु व्यवसायी भन्दा बढी सुरक्षाको आवश्यकता पर्ने बताउनुभयो । उनले सुनचाँदी व्यवसायीहरुले मुल्यवान बस्तुको व्यापार गर्ने भएकोले निगरानीका साथ सुरक्षा अत्यावश्यक हुने अध्यक्ष सोनीले बताए । सरकारले लगाएको २ प्रतिशतको विलासिता करले व्यवसायीहरु मारमा परेको र राजश्वमा समेत गिरावट आएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले कुनै पनि व्यापार, व्यावसाय, उद्योग धन्दा चलाउनलाई शान्ति सुरक्षाको व्यवस्था भरपर्दो हुन आवश्यकता रहेको बताउनुभयो । शान्ति सुरक्षा कायम गर्नको लागी सुचना सबै भन्दा बढी महत्व हुने बताउनुभयो । समयमै सुचना प्राप्त भएमा स्थिति बिग्रनु भन्दा अघि नै नियन्त्रणमा आउने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्न सबैको सहकार्य, समन्वय हुनुपर्ने बताउनुभयो । शन्ति सुरक्षा विपद सँग जोडिएको सुचना जस्ले दिएपनि खुसी महसुस हुने बताउनुभयो । सरकारले लगाएको विलासिता करको विषयमा उठाएको मागलाई आफ्नो निकायबाट सम्बोधन गर्न नसक्ने भन्दै माथिल्लो निकायसम्म पठाईदिने भुमिका खेल्ने बताउनुभयो ।

त्यस्तै सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष रमेश रसाईलीले सरकारले लगाएको विलासिता करको कारणले धेरै व्यवसायीहरु विस्थापित हुने अवस्था आएको बताएका छन् । व्यवसायीहरुलाई विस्थापित हुन बाट जोगाउनका निम्ति अहिलेको सरकारसँग नेपाल सुनचाँदी व्यवसायी महासंघले पहल गर्ने र भएनभने देश व्यापी रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । स्वागत तथा अन्तक्रिया कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले आ–आफ्नो गुनासो र समस्याहरु राखेका थिए ।