
पूर्णपुष्टि, साउन ३० । सुनसरीको धरान उपमहानगरपालिका-१५ सेउती पुलमा प्रहरीले हवाई फायर गरी १०० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो अपरान्ह ५ बजे चेकजाँचका क्रममा एक भारतीय कार चालक भागेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो। कारमा ५ वटा बोरामा लुकाइएको गाँजा फेला परेको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
