Friday, May 22News That Matters

सुनौलो हजार दिने आमाहरुको स्वास्थ्यलाई ख्याल गर्दै चेतना मुलक सडक नाटक प्रदर्शनी

पूर्णपुष्टि, चैत्र ७ । हुरेण्डेक उदयपुरले पहाडी भेगका सुनौलो हजार दिने आमा र सहयोगी समूहहरुको स्वास्थ्यलाई ख्याल गर्दै चेतना मुलक सडक नाटक प्रदर्शनी गरेको छ । वल्र्डभिजन इन्टरनेशल उदयपुरको सहयोगमा संञ्चालित १० दिने चेतना मुलक सडक नाटक अभियान रौतामाई ७ मुर्कुचिमा अन्तिम प्रदर्शनी गर्दै सम्पन्न भएको हो ।

उक्त नाटक फागुन २८ देखी रौतामाई र ताप्ली गाउँपालिकाको बिभिन्न वडाहरुमा गरिएको छ । रौतामाईको आँपटार, भुट्टार, सल्ले, लाफागाउँ र मुर्कुचीमा संञ्चालन रहेका थिए भने ताप्लीको १ ओख्ले, २ लेखगाउँ, ३ इनामे र ५ रुपाटारमा प्रदर्शन गरिएको थियो । नाटक प्रदर्शनकै क्रममा यता कटारी नगरपाकिला–९, लिम्पाटार र उदयपुरगढि १ तावासिरीमा सम्मेत सडक नाटक प्रदर्शनी गरिएको थियो । बिषेशगरी पहाडी तथा बिकट ठाउँका आमाहरु शिक्षा र चेतनाको कमिले स्वास्थ्य स्तरबाट माथी उठ्न नसकेको भन्दै सडक नाटकको माध्यमद्धारा उनिहरुलाई सचेत गराउन खोजिएको हुरेण्डेक उदयपुरका कार्यक्रम अनुगमन अधिकृत जितेन राईले बताए । राईका अनुसार चेतना र शिक्षाबाट बन्चित आमाहरुले आफ्नो र बच्चाको समेत स्वास्थ्यलाई ख्याल गर्न सक्ने चेतना नहुँदा उनिहरुको स्वास्थ्यमा बिभिन्न असरहरु देखा पर्ने जनाए ।

यसरी स्वास्थ्य असर परेको आमा र बच्चाहरु भविष्यमा थप रोगहरुबाट ग्रस्त हुनुका साथै बच्चाहरुमा मनस्तितिक असर परी बोद्धिक दिमागमा समेत समास्या आउने जनाए । यसलाई न्युनिकरण गर्नका निम्ति बिकट क्षेत्रका आमाहरुलाई बिषेश ध्यान पुराएर नाटक प्रदर्शन गरिएको हो । पालिकाको ५, २, ४, ३ र ७ गरी जम्मा ५ ओटा वडाहरुलाई बिषेश ध्यानमा राखि प्रदर्शन गरिएको राईले जनाए । यस नाटक प्रदर्शनीले आमा र बच्चाको स्वस्थ्यलाई सकरात्मक बनाउन मदत पुराउनुका साथै उनिहरुलाई स्वास्थय सम्बन्धि चेतनामा समेत सहयोग पुराउने जनाईएको छ । उक्त नाटक प्रदर्शनीले समुदायमा विद्यमान बालविवाह, गर्भवती तथा सुत्केरी, अवस्थामा आमा तथा नवजात शिशुको हेरचाह, आमाहरुलाई सुरक्षित मातृन्व,पोषण,खोप,सरसफाई,बाल बिबाह,बाल श्रम, घरेलु हिँसा वृद्धि साथै यसको अनुगमन आदि विषय वस्तुलाई समेटिएको थियो ।