Tuesday, July 14News That Matters

सेवामा नखटेको भन्दै ५ चिकित्सक बर्खास्त

 

पूर्णपुष्टि/चैत्र,२६

नेपाल पनि कोरोना भाईरसको माहामाहरीको संक्रमणमा छ । यहिवेला भने प्रदेश नं ५ लुम्विनी अञ्चल अस्पतालका डाक्डरहरु सेवामा नखटिएको भन्दै सामाजिक विकास मन्त्रालयले ५ जना डाक्टरलाई बर्खास्त गरेको छ ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले बिनासूचना अनुपस्थित भएका ५ डाक्टरहरुलाई सेवा बाट वन्चित गरेको हो ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले ‘सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेवामा नखटिने डाक्टरहरुलाइ तत्काल बर्खास्त गर्न निर्देशन दिएको बताए ।’

सामाजिक विकास मन्त्री सुदर्शन बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको स्वीकार गरे ।

मन्त्रि बरालले अन्य अस्पतालमा पनि अनुगमन र निगरानी बढाएकाले बिनाकारण सेवामा हाजिर नहुने चिकित्सकलाई कारबाही गर्ने बताए ।