Monday, June 22News That Matters

भिँडभाँड नभएको अवसर पारेर १० बर्ष पछि पाण्डाले गरे सम्भोग

पूर्णपुष्टि/चैत्र,२६

हङकङको ओसन पार्क चिडियाखानामा रहेको एक पाण्डा जोडिले १० बर्ष पछि सम्भोग गरेको छ । विश्वमै जोखिमपूर्ण सुचिमा राखिएको जनवारको रुपमा पर्ने पाण्डा जोडिले लामो समयपछि सम्भोग गरेको भन्दै ओसान पार्क तथा हङकङबासी नै खुसी भएका छन् ।

कोरोना भाइरसको कारण हङकङमा रहेको ओसन पार्क अहिले सुनसानमय अवस्थामा छ । यहि अवसरले यो जोडिलाई सम्भोग गर्ने वातावरण मिलाइदियो ।

विश्वमा कम संख्यामा रहेको कारण जोखिमपूर्ण सुचिमा राखिएको यस जनवारले सदस्य थप्ने कुरामा हङकङबासीहरु उत्साहित बनेका छन् । सम्भोग बढाउनु भनेको खुसीको कुरा रहेको भन्दै हङकङको ओसन पार्कका भेटनरी डाक्टर तथा जनवार विज्ञहरु यसको हरेक क्रियाकलापको पछि लाग्न थालेको छ ।

ती पाण्डा जोडिकोे नाम यिङयिङ र लेले हो । पार्कका अनुसार सोमबार बिहान ९ बजेतिर यिङयिङ र लेलेले शारिरिक सम्पर्क गरेको जनाइएको छ । पार्कको एक विज्ञाप्तीमा यिङयिङ र लेले बिच १० बर्ष पछि संम्भोग भएको सुचनालाई अन्तराष्ट्रिय माध्यमहरुले समेत प्रचार तथा प्रसारण गरेको छ ।

यो पान्डा जोडी हङकङ पार्कमा बस्न थालेको १४ वर्ष भयो । ओसन पार्कका कार्यकारी निर्देशक माइकल बोसका अनुसार, यिनीहरूलाई सन् २००७ मा यहाँ ल्याइएको थियो । त्यसको तीन वर्षपछि २०१० मा उनीहरूलाई प्राकृतिक रूपले सम्भोग गराइएको थियो ।

त्यसपछि हरेक वर्ष थुप्रैचोटि प्रयास गर्दा पनि यिङ–यिङ र ले–ले एकअर्काको नजिक आएनन् । यसपालि दस वर्षपछि उनीहरूलाई नजिक ल्याउने र शारीरिक रूपमा मिलन गराउने प्रयास सफल भएको उनले बताए । संसारमा पाण्डाकोसंख्या घट्दो क्रममा छ ।

हङकङ पार्कले पान्डा संरक्षणका लागि चीनको ‘कन्जरभेसन एन्ड रिसर्च सेन्टर‘ का विज्ञहरूसँग मिलेर काम गर्दै आएको छ । पार्कले अब पोथी पान्डा यिङ–यिङको शारीरिक तथा हर्मोन परिवर्तनलाई नजिकबाट अनुगमन गर्नेछ । ढिलोमा जुन महिनाको अन्त्यभित्र गर्भधारणको संकेत देखिने पार्कले जनाएको छ । ओसन पार्कबाट यो सूचना सार्वजनिक भएपछि हङकङवासीले सामाजिक सञ्जालमार्फत् पान्डा जोडीलाई शुभकामना दिएका छन् ।