Wednesday, April 22News That Matters

सौर्य एअरको जहाज दुर्घटना : थप तीन जना जीवितै उद्धार

पूर्णपुष्टि, साउन ९ । काठमाडौंमा आज बिहान भएको सौर्य एअरको जहाज दुर्घटनामा थप तीन जनालाई जीवितै उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाका अनुसार अहिलेसम्म कुल चार जनालाई जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका चार जना मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र तीन जनालाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको छ। उद्धार गरिएका व्यक्तिहरूको पहिचान अझै खुलेको छैन। पोखराका लागि उड्ने क्रममा सौर्य एअरको जहाज बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट उड्ने बेला बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो। जहाजमा लागेको आगो ११:४० बजे नियन्त्रणमा आएको थियो।