Friday, May 1News That Matters

सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त: १९ जनाको जीवन जोखिममा

पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुधबार बिहान सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) विमान दुर्घटना भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार करिब ११ बजेतिर जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरेअनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको हो। उनका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए।

दुर्घटनापछि विमानमा आगलागी भई धुवाँ उडिरहेको छ। घटनास्थलमा सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू तत्काल पुगेर आगो निभाउने प्रयासमा जुटेका छन्। यस दुर्घटनाको कारण र यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन् र थप जानकारी प्राप्त हुने बित्तिकै सार्वजनिक गरिने बताएका छन्।