स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि, मंसिर २७
मोरङमा स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । सुनसरी ईटहरी उप–महानगरपालिका–६ का ३४ वर्षीय शंकर पोखरेलको स्कारपियोले ठक्कर दिँदा ज्यान गएको हो ।
आईतबार बिहान पौने १० बजे पथरीशनिश्चरे नगरपालिका–२ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पोखरेल घाईते भएका थिए । घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पु¥याईएकोमा उपचारको क्रममा राति सवाँ १० बजे ज्यान गएको अस्पतालले जनाएको छ ।
स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका–१ का २६ वर्षीय रोशन बि.क. लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा रहेको छ । घटाना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0