Tuesday, June 2News That Matters

स्कारपियो दुर्घटनामा एकको मृत्यु, ५ घाईते

पूर्णपुष्टि, माघ २६
सुनसरीको कोशी गाँउपालिका–६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार एक जनाको ज्यान गएको छ भने, पाँच जना घाईते भएका छन् । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–५ बस्ने ५० वर्षीय दिलिप मण्डलको ज्यान गएको छ भन अन्य पाँच जना घाईते भएका हुन् ।

घाईते हुनेमा कंकालिनी नगरपालिका–५ कै ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय राम कुमार रजक, ४८ वर्षीया राम कुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी रहेका छन् ।
घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भई रहेको छ । हिजो राती ९ बजे पश्चिमबाट पुर्बतर्फ आउदै गरेको प्रदेश नं. २–०१–००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकि राखेको बिआर–०१ जिए–४४८३ नम्बरको भारतिय ट्रक ठक्कर खाई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा पुर्वबाट पश्चिम तर्फ जादैँ गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत स्कारपियो ठोकिएको थियो । दुर्घटनामा संलग्न तीनवटै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।