Saturday, June 6News That Matters

स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु

पूर्णपुष्टि, कार्तिक २३

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१ मा स्कुटर सिक्ने क्रममा दुर्घटना भई आईतबार सह–प्राध्यापकको मृत्यु भएको छ ।

लुम्बिनी ट्राफिक प्रहरीका अनुसार स्कुटर दुर्घट्नामा मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ का अन्दाजी ५० वर्षीय डा. शिव पौडेल रहेका छन् ।

 नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका  पौडेललाई मणिग्रामस्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।