
पूर्णपुष्टि, कार्तिक ५
सुनसरीमा स्कुटी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । कोशी गाँउपालिका–८ भाण्टाबारी चोक स्थित पुर्व–पश्चिम राजमार्गमा वन टेस्ट स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालकको ज्यान गएको हो । झापा दमक नगरपालिका–१ की २६ वर्षीया सासा लिम्बुको सो दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हिजो राती साढे ११ बजे पूर्वबाट पश्चिम जादैं गरेको उक्त स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सँवा ३ बजे ज्यान गएको छ । सो दर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्दशान्ति गाउँपालिका–१ की २७ वर्षीया रेनु गुरुङ भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

