
पाँचथर, पुस १२ गते ।
पाँचथरको फिदिममा स्कुटी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–२ साम्दिन निबासी ४३ वर्षीय स्कुटी चालक विष्णु लिम्बुको मृत्यु भएको हो ।
फिदिमको बुद्धमार्गको भित्रि पक्कि सडक खण्ड साम्दिन तर्फ जादै गरेको अन टेस्ट स्कुटी अनियन्त्रित भई राती साँढे ८ बजे सडक छेउको नालीमा पल्टिएर दुर्घटना हुदा स्कुर चालक लिम्बु गम्भिर घाईते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते लिम्बुको स्थनिय अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
