
पाँचथर, पुस १२ गते ।
पाँचथरको तुम्वेवामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । तुम्वेवा गाउँपालिका–५ निगाले निबासी ७५ वर्षीय अटलसिंह राईको मृत्यु भएको हो ।
आफ्नै बारीमा घाँस काट्ने क्रममा शुक्रबार दिउँसो साँढे ४ बजे करिब १० फिट अग्लो कान्लाबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
