Friday, May 22News That Matters

स्थानिय तहबाट नै श्रम स्वीकृती आवेदन दिन मिल्ने

पूर्णपुष्टि, चैत्र १७ । स्थानिय तहबाट नै श्रम स्वीकृती आवेदन दिन मिल्ने भएको छ । आगामी बैशाख १ देखी सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै मन्त्रालयले स्थानीय तहका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न मिल्ने व्यवस्था गरेको प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए । उनका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री दाहलले सो निर्णय गरेको हो । स्थानिय तहबाट नै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने छ ।

आगामी वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए । यसअघि सातवटै प्रदेशको श्रम कार्यालयबाट श्रम स्वीकृतिको काम भईरहेकोमा श्रमिकलाई दुःख दिने, फाइलहरु अनावश्यक रुपमा अल्झाउने गुनासाहरु आउने गरेकोले मन्त्रालयल सो निर्णय गरेको प्रवक्ता घिमिरेको भनाई छ ।