
पूर्णपुष्टि, असोज १८
स्पेनमा कोरोना परिक्षण १५ मिनटमै हुने भएको छ ।
दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको मृत्यु भईसकेको छ ।
गत २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका र १ सय १३ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।

