Friday, April 17News That Matters

अन्तरिक्षमा बाँच्न सक्ने पानी भालु

पूर्णपुष्टि, असोज १८

यस पृथ्वीमा यस्ता अनौठा जीव पनि पाइन्छ । जसलाई अमर भनिँदा कुनै फरक पर्दैन । त्यस्तो अमर जीवको नाम पानी भालु हो । यसलाई मोस पिगलेट वा टरडिग्रेड पनि भनिन्छ ।
यो जीव हाम्रो नांगो आँखाले भने देख्न सकिँदैन । माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिने  यो सूक्ष्म जीव आठ खुट्टे हुन्छ । यो पृथ्वीको जहाँ कहीँ पनि पाइन सकिन्छ ।

सामान्य तया जीव बाँच्न सक्छ भन्ने कल्पना नै नगरिएका स्थानहरुमा समेत यो जीव पाइन सकिन्छ । यो हिमालयको चुचरोदेखि समुद्रको अथाहा गहिराईसम्म पनि पाइन्छ । यो जीव विशेष गरी लेउ र झ्याउमा पाइने गर्छ ।
आकारमा अति सानो भए पनि यो जीवले नष्ट गर्नै नसकिने, अजर–अमर जीवको रुपमा ख्याति कमाएको छ । यो अति सुख्खा, अति तातो वा चिसो, अति उच्च तथा न्यून चाप भएका स्थानहरु पनि बाच्न सक्छ ।  कतिसम्म भने यो अन्तरिक्षमा समेत बाँच्न सक्छ ।